नवलपरासी, वैशाख ९ गते । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । मङ्गलबार दिउँसो भएको आगलागीबाट चार करोड रुपैयाँ बढीको क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित चार करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् । प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको राससलाई बताउनुभएको छ ।







