सूचना र प्रविधिको विकाससँगै सञ्चार जगतमा नयाँ आयामको रुपमा विद्युतीय सञ्चारमाध्यम अनलाइनको विकास भएको छ । छापा पत्रकारिताबाट विद्युतीय पत्रकारिताको विकासले फड्को मारेको छ । छापा पत्रकारिता, रेडियो, टेलिभिजनको युगहुँदै पछिल्लो समय सञ्चारजगतमा अर्को आयामको रुपमा प्रवेश गरेको अनलाइन सञ्चारमाध्यम पत्रकारिताको विकसित रुप हो भन्दा अत्युक्ति नहोला ।

छापा माध्यम नवसञ्चार मासिकको झण्डै साढे दुई दशकको यात्रापछि समयको माग अनुसार नवसञ्चारलाई विद्युतीय संस्करणमा रुपान्तरण गरी विगत पाँच वर्षदेखि नवसञ्चार अनलाइनडटकम (nawasancharonline.com) मा प्रवेश गरेका छौं ।

हामी कुनै राजनीति अभिष्ट पूरा गर्ने मिसन पत्रकारितामा विश्वास गर्दैनौं । हाम्रो उद्देश्य भनेको स्वतन्त्र र व्यवसायिक पत्रकारितको मूल मर्मलाई आत्मसात् गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु हो । राष्ट्र राष्ट्रियता, देशको सार्वभौमसत्ताको पक्षमा अडिने प्रतिबद्धताका साथ सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने कुरामा नवसञ्चार अनलाइनडटकम कटिबद्ध छ ।

हामी व्यवसायिक पत्रकारिताको संस्थागत विकास गर्नु आजको आवश्यकता हो । यसै कुरालाई मध्यनजर गर्दै हामी नवसञ्चार अनलाइनडटकमलाई पत्रकारिताको मार्गनिर्देशक सिद्धान्तको रुपमा अघिबढाउन क्रियाशील छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक विषयवस्तुहरुलाई समावेश गरी समाजका हरेक वर्ग र समुदायलाई सु–सूचित गर्न कटिबद्ध छौं । आम पाठकवर्गको चाहना अनुरुप खोजमूलक, सूचनामूलक र मनोरञ्जनात्मक विषयवस्तुलाई विशेष महत्व दिंदै प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएका छौँ ।

नवसञ्चार अनलाइनडटकम विद्युतीय संस्करणलाई समय सापेक्ष संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सिद्धान्तमा रहेर पाठकको सल्लाह र सुझाव अनुसार नयाँ विषयवस्तुहरु समावेश गर्दै जाने विश्वास दिलाउन चाहन्छौँ ।