बेरुत, वैशाख ९ गते । युद्वविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले खियाम सहरको अल जल्लाहिया क्षेत्रमा आगोको मुस्लो र चर्को आवाजमा इजरायली सेनाले विस्फोट गराएकोको जनाएको छ । इजरायली सेनाले बेइट लाइफ सहरमा इजरायलले आक्रमण गरी सहरका घरहरू नष्ट गरेको जनाइएको छ ।

लेबनानको विपद् जोखिम व्यवस्थापन विभागले आक्रमणका कारण दुई हजार ४५४ को मृत्यु हुनुका साथै सात हजार ६५८ जना घाइते भएको जनाएको छ । यसै गरी विभागले ३० हजार ८१५ परिवारका एक लाख १८ हजार ६२४ जना मानिसहरु आक्रमणका कारण विस्थापित भई आश्रयमा रहेको उल्लेख गरेको छ ।