फाइल तस्वीर

काठमाडौँ, वैशाख ९ गते । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभएको छ । विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचनामा मुछिनुभएका गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न प्रधानमन्त्री कार्यालय पुग्नुभएको हो ।


यसअघि हिजो मङ्गलबार गृहमन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारीलगायतसँग झण्डै ५ घण्टा लामो छलफल गर्नुभएको थियो ।


गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबिच अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।