काठमाडौँ, वैशाख ९ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले तत्कालका लागि गृह मन्त्रालय आफैसँग राख्ने हुनुभएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि रिक्त भएको गृहमन्त्रालय प्रधानमन्त्रीले तत्कालका लागि आफैसँग राख्ने हुनुभएको हो ।
विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि विवादमा तानिनुभएका गृहमन्त्री गुरुङले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिनुभएको हो ।







