थारु आयोगको प्रतवेदन सार्वजनिक गर्नुहुँदै मन्त्री गीता चौधरी ।

काठमाडौँ, असोज २३ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । थारू आयोगको कार्यालयमा आज आयोजित कार्यक्रममा थारू अगुवा तथा विज्ञहरूको सहभागितामा उहाँले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

थारू जातिको लोक चित्रकाल, थारू समुदायको खाद्य परिकार, थारू लेखनशैली निर्देशिका, थारू समुदायः सिकल सेल एनिमिया र बिटा थपलिया, मुक्तकमैया तथा कमलहरीहरुको अवस्था, थारू समुदायको बलिदानीको इतिहासलगायत प्रतिवेदन सार्वजनिक गरिएको छ ।

कार्यक्रममा मन्त्री चौधरीले प्रतिवेदनमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि थारू अगुवाहरूले पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिवेदन कार्यान्वयनमार्फत थारू समुदायका समस्या सम्बोधन गर्न सम्बन्धित पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो । रासस