काठमाडौँ, भदौ १ गते । प्रतिनिधिसभाबाट खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यसअघि गत मङ्गलबार गणपूरक संख्या नपुगेका कारण निर्णय हुन बाँकी रहेको सो विधेयक आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गर्नुभएको हो ।

यसअघि २०८३ साल साउन २६ गतेको बैठकमा गणपूरक संख्या (कोरम) नपुगेका कारण विधेयकमाथि निर्णय हुन बाँकी रहेको थियो।

आजको बैठकमा सभामुख अर्यालले सोही प्रस्तावलाई पुनः प्रस्तुत गर्दै सदस्यहरूको राय माग गरी हुन्छ वा हुन्न भनी मतका लागि आह्वान गर्दा प्रस्तावको पक्षमा बहुमत सदस्यहरूले हुन्छ भनी समर्थन जनाएकाले खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।