काठमाडौँ, भदौ १ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको । बैठक आउँदो शुक्रबार काठमाडौँको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो ।
आगामी शुक्रबार बस्ने बैठकको एजेण्डा के के छन् भन्ने विषयमा अहिलेसम्म तयार भइनसकेको बताइन्छ । महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकले केही केन्द्रीय सदस्य, पदाधिकारी मनोनीत गर्न सक्नेछ।
यसअघि साउन १३ गते बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गर्नुको साथै सचिवालयसमेत गठन गरेको थियो । पार्टीको चितवनमा सम्पन्न पहिलो महाधिवेशन सम्पन्न भएपछि केही पदाधिकारी र केन्द्रीय सदस्यहरु मनोनीत गर्ने काम बाँकी छ । शुक्रबार बस्ने बैठकले रास्वपाको विधानअनुसार केही पदाधिकारी र केही केन्द्रीय सदस्यहरु मनोनयन गर्ने बताइएको छ । जसमध्ये पार्टीको उपाध्यक्षमा गृहमन्त्री सुधन गुरुङको नाम चर्चामा रहेको छ ।




