काठमाडौँ, साउन २२ गते । पहिलो चरणका करदाता प्रोत्साहन कार्यक्रममा आज घोषणा गरिएको छ । आन्तरिक राजस्व विभागले पहिलो चरणमा साउन १ गतेदेखि १५ गतेसम्मका १५ जना विजेता र पाक्षिक रुपमा एक जना बम्पर उपहार विजेता घोषणा गरेको हो ।
पाक्षिक बम्पर उपहार विजेताले शिवकृष्ण जनरल स्टोरबाट रु २५० को सामान खरिद गरेका थिए । कुपन नम्बर ००७३१५२५४४९३ भएका उहाँले रु १० लाख जित्नुभएको छ ।
साथै साउन १ गतेका विजेताले लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुलमा रु ३० हजार भुक्तानी गर्नुभएको थियो । उहाँको कुपन नम्बर ००७७५५५८०६७० रहेको छ । साउन २ गतेका विजेताले आर बी इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरमा रु २७० भुक्तानी गरेका थिए । उहाँको कुपन नम्बर ००२९२८८१७८११ रहेको छ ।
साउन ३ गतेका विजेताले टर्मिनल वान हिमालयन मार्ट प्रालिमा रु ५६० खर्च गर्नुभएको थिए । उहाँको कुपन नम्बर ०३०६६७७९५८९ रहेको छ । साउन ४ गतेका विजेताले विजनेस इन्टरटेनमेन्ट प्रालिमा रु २४० खर्च गरेका थिए । उनको कुपन नम्बर ०१५६११०५९०७५ छ ।
साउन ५ गतेका विजेताले भेटघाट रेष्टुरेन्टमा रु ३०० खर्च गरेका थिए । उहाँको कुपन नम्बर ००९९१७८३३२४५ छ ।
साउन ६ गतेका विजेताले श्री पाथीभरा देवी ट्रेडर्समा रु २३० खर्च गरेका थिए । उहाँको कुपन नम्बर ००८७८२४८६३३५ छ । साउन ७ गतेका विजेताले हाम्रो सहारा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा रु तीन हजार खर्च गरेका थिए । उहाँको कुपन नम्बर ०१२२५८०८६५९९ छ । साउन ८ गतेका विजेता उपभोक्ताले शुभ सिद्धि सप्लायर्समा रु ९०० खर्च गरेका थिए । उहाँको कुपन नम्बर ००४७८०९४०८८४ छ ।
त्यसैगरी, साउन ९ गतेका विजेताले होटल एम्ब्रोसिया प्रालिमा रु ७३० खर्च गरेका थिए । उहाँको कुपन नम्बर ०१३०३५२३०२९७ छ । साउन १० गतेका विजेताले मुस्कान मोबाइलमा रु चार हजार ७०० खर्च गरेका थिए । उहाँको कुपन नम्बर ०१४९७३९३०७३३ छ । साउन ११ गतेका विजेताले टोखा डेरीमा रु २२५ खर्च गरेका थिए । उहाँको कुपन नम्बर ०१०८३७१८०३३२ रहेको छ ।
विभागका अनुसार साउन १२ गतेका विजेताले मेगा मार्ट प्रालिमा रु १६० खर्च गरेका थिए । उहाँको कुपन नम्बर ००१८०८९६५९८६ छ । साउन १३ गतेका विजेताले मदन स्टोरमा रु ५८० खर्च गरेका थिए । उनको कुपन नम्बर ००६८४१५५३५३७ छ ।
साउन १४ गतेका विजेताले एलिप्स ईकम प्रालिमा रु ५०० खर्च गरेका थिए । उहाँको कुपन नम्बर ००५५८८५०६०८५ छ भने साउन १५ गतेका विजेताले पिपुल कलेक्सनमा रु ५०० खर्च गरेका थिए । उहाँको कुपन नम्बर ०११३८०९१४५८० छ ।
साउन १ गतेदेखि १५ गतेसम्मका दैनिक विजेताहरुले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गर्नेछन् ।




