काठमाडौँ, साउन २२ गते । प्रतिनिधिसभाको आज बसेको बैठकमा विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् ।


विपक्षी दलहरूको विरोभपछि सभामुख अर्यालले नेपाली काङ्ग्रेसका सांसद चन्द्र मोहन यादवलाई बोल्न समय दिनुभयो । सांसद यादवले पार्टीका तर्फबाट बोल्दै सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेन शाहले जवाफ दिनैपर्ने अडान दोहो¥याउनुभयो ।


विपक्षी दलहरूले प्रधानमन्त्रीले साढे दुई महिनादेखि संसद्मा स्पष्टीकरण नदिएको भन्दै निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले सीमा विवादको विषयमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको स्पष्टीकरण माग गर्दै विरोध जनाएका हुन् ।


गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहरुले उठेर विरोध गर्दै आइरहेका छन् ।