काठमाडौं, असार १ गते । प्रतिनिसभामा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित हुनुपर्ने माग उठेपछि बैठक स्थगन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईले विनियोजन शीर्षकमा समावेश भएका मन्त्रालय सबै मन्त्रीहरू उपस्थित हुनुपर्ने माग गर्नुभयो ।
सदनमा मन्त्रीहरू उपस्थित नभएसम्म आफ्ना धारणा प्रस्तुत नगर्ने अडानका साथ ‘रोष्ट्रम’मा उभिइरहेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभयो ।
त्यसअघि शिक्षा तथा खेलकुदका साथै युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उडड्यन, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमा छलफल जारी थियो ।





