तेहरान, असार १ गते । युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले अमेरिकाप्रति ‘गहिरो अविश्वास’ राखेको इरानको विदेश मन्त्रालयले सोमबार जनाएको छ । “दुर्भाग्यवस, यो स्वीकार गर्नुपर्दछ कि संयुक्त राज्य अमेरिकाप्रति इरानको गहिरो अविश्वास अमेरिकी नेताहरूको लामो इतिहासको गलत कामका कारण उत्पन्न भएको हो,” इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले साप्ताहिकरूपमा गरिने पत्रकारहरूसँगको भेटमा भन्नुभयो ।

“अमेरिकाले इरानी जनताको विश्वास जित्न अझै लामो यात्रा बाँकी छ”, उहाँले भन्नुभयो, “फेब्रुअरीको अन्त्यमा सुरु भएको युद्ध रोक्ने पहलका लागि तयार पारिएको यो प्रस्तावको ढाँचा ‘तनाव कम गर्ने र युद्ध अन्त्य गर्ने दिशामा एक कदम मात्र हो’।”