काठमाडौँ, वैशाख २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि राष्ट्रियसभाले धन्यवाद ज्ञापन गरेको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

सो प्रस्तावलाई सभाले सहमति जनाएको थियो । त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभएको थियो । राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३० गते मध्याह्न १२:१५ बजे बस्नेछ ।