पाटन (ललितपुर), वैशाख २८ गते । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले १९ जना महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले पहिलोपटक कार्यसमितिमा १९ जनालाई मनोनित गर्नुभएको हो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिनुभएको जानकारीअनुसार पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम महेन्द्र यादव धनुषा, जीवन परियार कास्की, उमेश श्रेष्ठ चितवन, रमेश रिजाल पर्सा, सुजाता कोइराला मोरङ, दिलेन्द्रप्रसाद बडु दार्चुला, डाक्टर चन्द्रकान्त भण्डारी गुल्मी, अजयकुमार चौरासिया पर्सा, लक्ष्मी परियार उदयपुर, आङ्गेलु शेर्पा सोलुखुम्बू, दिनेशकुमार यादव सप्तरी, राजीव कोइराला सुनसरी, राजीव ढुङ्गाना सुनसरी, गोविन्दराज पोखरेल प्युठान, सुशीला मिश्र भट्ट कैलाली, नागिना यादव महोत्तरी, दिनेश कोइराला चितवन, डा जीवन राना कैलाली र सीता थपलिया (उर्मिला) धादिङलाई केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको हो ।