काठमाडौँ, वैशाख २५ गते । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध हुनुभएको छ । गत चुनावअघि गठन गरिएको प्रलोपामा जोडिनुभएका तत्काली माओवादी केन्द्रका नेता किरातीलाई आज यहाँ आयोजित एक कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ राईले पार्टी प्रवेश गराउनुभएको हो ।

आज शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबाट नेता किराती श्रम संस्कृति पार्टीमा आबद्ध हुनुभएको घोषणा गरिएको हो । यसअघि हिजो बिहीबार राजधानीमा भएको दुईपक्षीय वार्तामा किरातीसहित उहाँ निकट नेताहरु श्रम संस्कृतिमा प्रवेश गर्ने सहमति भएको थियो ।