काठमाडौँ, वैशाख २० गते । राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै सरकारलाई नै फिर्ता पठाएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा सरकारले राष्ट्रपतिसमक्ष सहकारी, विश्वविद्यालय, सम्पत्ति शुद्धीकरण, सार्वजनिक पदाधिकारी पद मुक्तलगायत विभिन्न आठवटा अध्यादेश पठाएको थियो । ती मध्ये राष्ट्रपतिले सातवटा अध्यादेश सरकारको सिफारिस अनुसार जारी गर्नुभएको थियो भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश चाही आज पुनर्विचार गर्नुपर्ने भन्दै सरकारलाई फिर्ता पठाउनुभएको राष्ट्रपति कार्यालयले आज आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।