काठमाडौँ, वैशाख २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन् ।राष्ट्रपति पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गर्नुभएको हो। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सातौँ अध्येदेश जारी गर्नुभएको हो ।

यसअघि नै राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका आठ वटामध्ये छ वटा अध्यादेश जारी गरिसक्नुभएको थियो । यो सहित सात वटा अध्यादेश जारी हुँदा राष्ट्रपतिले अझैँ संवैधानिक परिषद्सम्बन्धी मुख्य अध्यादेश भने अहिलेसम्म जारी गर्नुभएको छैन । उक्त अध्यादेश अध्ययनकै क्रममा रहेको बताइन्छ ।