काठमाडौँ, वैशाख १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे कानुनविद् र संविधानविद्हरूसँग छलफल गर्नुभएको छ । अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा उक्त छलफल जारी रहेको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानसम्बन्धी आठ वरिष्ठ अधिवक्ताहरू राष्ट्रपति कार्यालयमा पुगेर परामर्श गरिरहेका छन् ।

राष्ट्रपति पौडेलले शम्भु थापा, टिकाराम भट्टराई, पुर्णमान शाक्य, भिमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसीलाई परामर्शका लागि बोलाउनुभएको थियो । राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेर सरकारले सिफारिस गरेका अन्य अध्यादेशबारे संविधानविद्हरूसँग परामर्श लिन लाग्नुभएको हो ।