काठमाडौँ, वैशाख १० गते । सरकारले देशभरका सरकारी निकायका कर्मचारीहरूको विद्युतीय हाजिरी प्रणाली अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । आज बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले मन्त्रालय, विभाग, कार्यालय र सबै सरकारी निकायका कर्मचारीहरूको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न मातहतका निकायलाई परिपत्र गरेको हो ।


मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयन नभएको अवस्था भए कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था मिलाउन र प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्टगरी, प्रमाणित गर्दै अभिलेख कार्यालयमा सुरक्षित राख्न भनेको छ ।

शाखाका अधिकृत पिताम्बर सारूद्वारा सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पठाएको पत्रमा ‘त्यहाँ कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ’ भनी पत्रमा उल्लेख गरिएको छ ।


मन्त्रालयका शाखा अधिकृत सारुका अनुसार सरकारले २०८३ साल वैशाख ८ गते मङ्गलकारको सचिवस्तरीय निर्णय अनुसार यस्तो निर्णय गरेको हो ।

676714604_1399089812324710_238838016166570155_n