फाइल तस्वीर

काठमाडौँ, वैशाख ८ गते । नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्घले सिंहदरबार परिसरभित्रै नाराबाजी गरेको छ । नेविसङ्घका विद्यार्थीहरूको एक समूहले पछिल्लो केही दिनदेखि अनेकन विवादमा पर्नुभएका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै आज मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि नाराबाजी गरेका हुन् ।


सिंहदरबार अगाडी प्रदर्शनमा सहभागीमध्ये चार जनालाई प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको उनीहरूलाई सिंहदरबार वृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


सरकारले विश्वविद्यालयमा विद्यार्थी सङ्गठनका गतिविधि बन्द गर्न लागेको, पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्याधिक गरेको तथा विवादमा तानिएका गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै नेविसङ्घका विद्यार्थीहरु आन्दोलित रहेका थिए ।