काठमाडौँ, वैशाख ८ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिनुभएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले आज मङ्गलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङबारे हप्तामा दुई, तीन पटकसम्म नयाँ कुरा आइरहेकाले राजीनामा दिए राम्रो हुने सुझाव दिनुभएको हो ।
अध्यक्ष साम्पाङले गृहमन्त्री विवादमा नआउँदा राम्रो हुने बताउँदै गृहमन्त्री गुरुङले राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव दिनुभएको हो । अध्यक्ष साम्पाङले भन्नुभयो, ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिरहन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । हप्तामा दुई तीन पटक सुनिरहिन्छ । घरि के घरि के भनेर । त्यसले गर्दा उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’







