फाइल तस्वीर
काठमाडौँ, वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नभएको क्षेत्रमा समानुपातिक प्रणालीबाट आएका सांसदलाई जिम्मेवारी तोकेको छ । रास्वपाले फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ जित्न नसकेको ४० क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको हो ।


गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १२५ निर्वाचन क्षेत्रमा जितेको छ । बाँकी ४० क्षेत्रमा पनि समानुपातिक सांसदलाई जिम्मेवारी दिएको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रत्यक्ष सांसद नभएको निर्वाचन क्षेत्रको समस्या र मागहरू सहजै सम्बोधन गर्ने उद्देश्यले पार्टीले जिम्मेवारी तोकेको हो ।

जारी सूचनामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचन मा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ र सो जिम्मेवारीको सूची आमसञ्चार माध्यम मार्फत आम नागरिक तहमा जानकारीको लागि प्रेषित गरिएको छ ।’