फाइल तस्वीर
काठमाडौँ, वैशाख ८ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक डाक्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज मङ्गलबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाउनुभएको हो ।

गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न चौतर्फी माग भइरहेका बेला प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।