११ माघ २०७८, मङ्गलबार
निर्वाचन आयोग, फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको ...
११ माघ २०७८, मङ्गलबार
धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन हुनुभएको छ । एमाले सुदूरपश्चिमका इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा सर्वसम्मत रुपले चयन गरेको ...
११ माघ २०७८, मङ्गलबार
जर्मनीको हाइडलबर्ग सहरमा एक बन्दुकधारीको हमलामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार घटना हाइडलबर्गको एक विश्वविद्यालयको लेक्चर हलमा भएको थियो । हमलावरको पनि मृत्यु भइसकेको छ ...
११ माघ २०७८, मङ्गलबार
म्याग्दी – स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड दैनिक ६ घण्टा बन्द हुन थालेको छ । राष्ट्रिय गौरवको उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा ...
११ माघ २०७८, मङ्गलबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैङ्कले प्राथमिकता तोकेको क्षेत्रमा लगानी दोब्बर बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको ५७औँ वार्षिकोत्सव समारोहलाई सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री शर्माले कृषि, पर्यटन, औद्योगिक विकास र विस्तारमा गर्दै ...
११ माघ २०७८, मङ्गलबार
कैलाली – खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व ...
११ माघ २०७८, मङ्गलबार
काठमाडौं – देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका ...
११ माघ २०७८, मङ्गलबार
काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगित गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा.मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल ...
१० माघ २०७८, सोमबार
काठमाडौं – कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । भोलि ...
१० माघ २०७८, सोमबार
काठमाडौं उपत्यकामा आज एकै दिन ४ हजार ६ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६ सय ३४ जना, ललितपुरमा ५ सय ८७ जना ...