११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

समाचार

वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था बढेकाले डढेलो र प्रदूषण दुवैमा वृद्धि

काठमाडौँ, वैशाख ११ गते । देशका विभिन्न स्थानमा वन डढेलोका घटना बढ्न थालेका छन् भने काठमाडौँ उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषण पनि वृद्धि हुन थालेको छ । केही दिनयता वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था ...

जिल्ला प्रशासन कार्यालयद्वारा आज साँझ ७ बजेसम्म सुकुमवासी बस्ती खाली गराउन निर्देशन

काठमाडौँ, वैशाख ११ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज शुक्रबार साँझ ७ बजेसम्म सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै भोलि शनिबार बिहानैदेखि सुकुम्बासी ...

देशप्रति इमानदार, चिन्तनशील, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक छः अध्यक्ष दाहाल

काठमाडौँ, वैशाख ११ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ । आज बालुवाटरस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आयोजना गरेको खेम शर्माको पुस्तक विमोचन ...

अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग

काठमाडौँ, वैशाख ११ गते । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको गत चैत २७ र २८ गते रूपन्देही महाधिवेशनबाट चयन गरिएको अवैधानिक कार्यसमिति तत्काल विघटन गरी सर्वपक्षीय तदर्थ समिति गठन गर्न माग गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूले ...

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौँ, वैशाख ११ गते । धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ ...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’सम्बन्धी सम्झौता

काठमाडौँ, वैशाख ११ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच ‘नेपाल पे कार्ड’सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र क्लियिरिङ हाउसका तर्फबाट प्रमुख ...

आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन

काठमाडौँ, वैशाख ११ गते । सरकारले आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय (सबै)लाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देशन ...

हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष औसतभन्दा कम हिम स्थायित्व

काठमाडौँ, वैशाख ११ गते । हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको देखिएको छ । यसले गत वर्षको न्यूनतम् कीर्तिमान तोड्दै लगातार चौथो वर्ष औसतभन्दा कम हिम स्थायित्व देखाएको छ । यो ...

भारतीय दूतावासद्वारा बढ्दो क्षेत्रीय तनावको बीचआफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह

तेहरान, वैशाख ११ गते । इरान स्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सुचना जारी गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत् दूतावासले भारतीयहरूले कुनै पनि अवस्थामा इरानको ...

सुकुमवासी पुग्ने भएपछि रास्वपा कार्यालयमा सुरक्षा व्यवस्था कडा, बाक्लो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौँ, वैशाख ११ गते । सरकारले काठमाडौँको थापाथलिस्थित सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै सुकुमवासीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि सुकुमबासी बस्तीमा बस्दै आएकाहरू सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ...