२५ माघ २०७९, बुधबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय लेखा आयोगले पार्टीको विधान र नियमावलीको व्यवस्थाविपरीत लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टीकरण सोध्ने भएको छ । ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा उहाँहरुबीच भएको भेटमा द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको ...
२५ माघ २०७९, बुधबार
रुपन्देही — सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो । सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ कार्यक्रमअन्तर्गत उपप्रमुख अधिकारी ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले माछापुच्छ्रे, सानिमा बैंकसहित नौ वटा वाणिज्य बैंकका सीईओ तथा अध्यक्षलाई कारबाही गरेको छ । माछापुछ्रे बैंकका सीईओलाई पूँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको छ भने ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट्नुभएको हो । भेटका ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं ...
२५ माघ २०७९, बुधबार
काठमाडौं —अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त जुट्टा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडौं आइपुग्नुभएको छ । भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरुको शुभारम्भ गर्नुहुनेछ । ...
२५ माघ २०७९, बुधबार
दमौली— चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् । ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने ...