निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की
काठमाडौँ, कात्तिक १९ गते । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीले सरकारले आफुलाई प्रहरी महानिरीक्षक पदबाट हटाएकोविरुद्धमा आज बिहीबार सर्वोच्च अदालतमा पुनर्वहालीको मागगर्दै रिट दायर गर्नुभएको छ । अझै डेढ वर्षको समयावधि बाँकी रहेको बेला सरकारले हिजो बुधबार कार्कीलाई महानिरीक्षकबाट हटाएपछि कार्की आज न्यायालयको शरणमा पुग्नुभएको हो ।
प्रहरी महानिरीक्षक पदमा बहाल रहेकै बेला हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गर्दै प्रहरी महानिरीक्षणमा डा.मनोजकुमार केसीलाई नियुक्त गरेको थियो । सरकारको सो निर्णयका विरुद्ध कार्कीले आज सर्वोच्च अदालत पुग्नुभएको हो ।




