काठमाडौँ, कात्तिक १९ गते । नेपालको दुई दिने औपचारिक भ्रमणमा हिजो बुधबार काठमाडौँ आउनुभएका भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री बालेन शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्नुभएको छ । विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रधानमन्त्रीको अर्को महिनामा हुने भारत भ्रमणका विषयमा छलफल सुरु भएको छ ।

भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

परराष्ट्र् मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणमा नेपाल आउनुभएका भारतीय विदेश सचिव मिश्रीले यस अघि परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भारतीय विदेश सचिव मिश्री र हिजै साँझ परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि द्विपक्षीय वार्ता गर्नुभएको थियो । भारतीय सचिव मिश्री नेपालको दुई दिने औपचारिक भ्रमण पुरागरी आज अपरान्हतिर स्वदेश फर्किनु हुनेछ ।