बर्लिन, कात्तिक १९ गते । दक्षिणपूर्वी युक्रेनमा सञ्चालित सहायता वितरण केन्द्रमा भएको रूसी आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको छ । जनाउँदै दर्जनौँ व्यक्तीहरु अझै बेपत्ता रहेको बताउनुभएको छ । सो कुराको पुष्टि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गर्नुभएको हो ।
आज भएको रूसी आक्रमणमा परी दर्जनौँ व्यक्तीहरु अझै बेपत्ता रहेको बताउनुभएको समाचारमा जनाइएको छ । बर्लिनको भ्रमणका क्रममा जेलेन्स्कीले ३० जना भन्दा बढी अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने जनाउँदै यो आक्रमण भयानक युद्ध सुरु भएदेखि रूसले गरेको सबैभन्दा ठूलो सामूहिक हत्याको कारण भएको बताउनुभयो ।
रूसी सेनाले सुरुमा आक्रमणको दोस्रो लहर अघि मानवीय सहायता प्राप्त गर्नको लागि मानिसहरु भेला भइरहेको ठाउँमा आक्रमण गरेको उल्लेख गर्दे उहाँले थप नौ वटा हवाई बमहरू आवासिय क्षेत्र तथा विस्थापीत मानिसहरूले शरण लिएको ठाँउमा प्रहार गरेको जनाउनु भएको छ ।
जेलेन्स्कीले रूसको निरन्तरको आक्रमणले शान्तितर्फको प्रगतिको आशालाई कमजोर बनाएको उल्लेख गर्दे रूसले द्वन्द्व समाधान र वास्तविक शान्तिको बाटो नखोजेको दावी गर्नुभयो ।
यस अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दक्षिणपूर्वी जापोरिझिया क्षेत्रको कोमिशुवाखा गाउँमा भएको आक्रमणमा ३३ जनाको मृत्यु भएको बताउनुभएको थियो ।
रूस–युक्रेन युद्धको विस्तृत समाधानका लागि कूटनीतिक प्रयासका बावजुद जारी लडाइँको बिचमा यो आक्रमण भएको जनाइएको छ ।




