काठमाडौँ, कात्तिक १९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्नेरगराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट रु ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको खुल्न आएको छ । निजलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । रासस




