काठमाडौँ, कात्तिक ६ गते । चीनको स्वशासित क्षेत्र तिब्बतमा बिहीबार राती ठूलो भूकम्प गएको छ । राति ८ बजेर ३ मिनेटमा तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) उल्लेख गरेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

सो भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुको साथै ३२ जना घाइते भएको समाचारमा जनाइएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतको दुर्गम क्षेत्रमा सो भूकम्पको होे ।

एनसीएसका अनुसार अक्टोबर २२ को रातिदेखि अक्टोबर २३ को राति १२ बजेर ५१ मिनेटसम्म तिब्बत, चीन र म्यानमारमा गरी १८ वटा भूकम्पीय घटना रेकर्ड भएका छन् भने तीमध्ये तिब्बतमा १३, चीनमा चार र म्यानमारमा एउटा घटना रेकर्ड गरिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।