काठमाडौँ, कात्तिक ६ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत जान लाग्नुभएको छ । सभापति लामिछानेको निजी सचिवालयका अनुसार उहाँ भारतकाृ तीन दिने अनौपचारिक भ्रमणका लागि आज शुक्रबार त्यसतर्फ जान लाग्नुभएको हो ।

सभापति लामिछानेको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। सभापति लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ। पारिवारिक धार्मिक यात्राका लागि भारत जान लाग्नुभएका लामिछानेको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारको कार्यशैली र नेताहरुबीच पार्टी भित्र मौलाउँदो तिक्तताका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमका बीच रास्वपा सभापति लामिछानेको यो भ्रमणलाई संसयका साथ हेर्न थालिएको छ । पार्टी सभापति र सरकारबीच केही मतभिन्नता चुलिंदै गएको कुरा बेलाबखत सामाजिक सञ्जातमा टिप्पणीहरु आइरहेका छन् । संसद्मा रहेका विपक्षी दलका साथै मधेशवादी दलहरु पनि कार्यगत एकताका लागि सङगठित हुन थालेका छन् । राष्ट्र्यि राजनीतिमा भित्रभित्रै केही खिचडी पाक्न थालेको हो की भन्ने आशङ्का पनि सभापति लामिछानेको निजी र धार्मिक यात्रा भनिएता यसभित्र केही रणनीति योजना हुन सक्ने विश्लेषण हुन थालेको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका रास्वपा सभापति लामिछाने तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।