काठमाडौँ, असोज ३१ गते । नेपाली काङ्ग्रेसको हालै सम्पन्न १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

महाधिवेशनको शुक्रबार सम्पन्न मतगणनामा थापाले अर्का प्रत्यासी श्यामकृष्ण खड्गीलाई भारी मतले पराजित गर्दै सभापति निर्वाचित हुनुभएका थापा गत पुषमा काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट पनि सभापति बन्नुभएको थियो । सभापतिले शपथ लिनुभएका थापाले आजै पार्टी मुख्यालयमा पदबहाली गर्नुभएको छ ।