काठमाडौँ, असोज २६ गते । सरकारका गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा जानुभएको छ । भारतमा आयोजित बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी गृहमन्त्री गुरुङ आज सोमबार भारत भ्रमणमा जानुभएको हो ।

बिमस्टेक बैठकमा भारत, नेपाललगायत विभिन्न ७ वटा मुलुकका गृहमन्त्रीहरु सहभागी हुनुहुने छ । बिमस्टेकका सदस्य राष्ट्र्हरुमा नेपालसहित भारत, थाइल्याण्ड श्रीलङ्का बङ्गलादेश, भुटान, र म्यानमार रहेका छन् ।