काठमाडौँ, असोज ४ गते । नेकपा एमालेको आज दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक २ घण्टा पछि धकेलिएको छ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक लम्बिएका कारण सचिवालय बैठकको समय आज दिउँसो ३ बजेका लागि सारिएको हो ।
यसअघि सचिवालय बैठक दिउँसो १ बजे बस्ने तय गरिएको थियो ।आज बिहान ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा एमाले बसेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक भर्खरै सकिएको छ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले कार्यदल बैठकले प्रतिवेदन पास गरेको र अब अहिले दिउँसो ३ बजे बस्ने सचिवालय बैठकमा पेस हुने जानकारी दिनुभयो ।




