काठमाडौँ, जेठ ३१ गते । अमेरिकामा जारी विश्वकप फुटबल प्रतियोगिताको समूहचरण अन्तर्गत सी समूहको खेल जारी छ । पहिलो हाफको मध्य समयसम्मको खेलमा मोरक्कोले १ गोलको अग्रता बनाएको थियो । खेलको २० मिनेटमा मोरक्कोले ब्राजिलको जालि चुमाउँदै गोलको खाता खोल्दा ३२ औँ मिनेटमा भिनि जुनियरले ब्राजिलका लागि गोल गर्दै बराबरीमा बनाएका छन् । अमेरिकाको न्यूयोर्कस्थित न्युजसी रङगशालामा खेल जारी छ । दुवै टिमबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।