काठमाडौँ, जेठ ३१ गते । जारी विश्वकप फुटबल प्रतियोगिताको समूहचरण अन्तर्गत आज भएको बी समूहको खेलमाडबी कतार र स्वीजरल्याण्डले बराबरी अङक बाँडेका छन् । अमेरिकाको सनफ्रान्सिस्को स्थित रङ्गशालामा भएको खेलमा दुबै टिमले १ १ गोलको बराबरीमा अङक बाँडेका हुन् ।
पहिलो हाफको १६ मिनेटमा अग्रता बनाएको स्वीजरल्याण्ड जितको सङ्घारमा पुगेर पनि खेल समापनको अन्तिम मिनेटमा समालिन नसक्दा आफुभन्दा कमजोर टिम कतारसँग बराबरीमा रोकिन पुग्यो । खेलको ९० मिनेट पछि थपिएको अन्तिम समयको ५ मिनेटमा कतारले हेडमार्फत सुन्दर ढङ्गले स्वीजरल्याण्डको जालि चुमाएर हारको सङ्कट टार्दै बराबरी गर्न सफल भयो ।