लसएन्जलसस्थित लसएन्जलस रङ्गशालमा अमेरिका र पाराग्वेको खेल ।
काठमाडौँ, जेठ ३० गते । अमेरिकामा जारी विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत अमेरिकाले विजयी सुरुवात गरेको छ । लसएन्जलस रङ्गशालमा भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ गोलको फराकिलो अन्तरले पाखा लगाउँदै जित हात पारेको हो ।
अमेरिकाले आफ्नो दोस्रो खेल अस्ट्रेलियासँग आगामी शुक्रबार जुन १९ तारिखका दिन खेल्ने छ भने पाराग्वेले टर्कीसँग प्रतिस्पर्धा गर्ने छ । समूह डीमा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन् ।





