मस्को, वैशाख २५ गते । दक्षिणी रूसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरे पछि रूसका १३ वटा एयरपोर्टहरू सञ्चालनमा अवरुद्ध भएको रूसी यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।
दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ–अन–डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेसन तथा आक्रमण पछि सञ्चालनमा अस्थायी रूपमा अवरुद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
घटनाको समयमा उक्त भवनमा रहेका सबै कर्मचारीहरू सुरक्षित रहेको र विशेषज्ञहरूले उपकरणको परिचालन स्थितिको अवलोकन गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालय र सङ्घीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको जनाइएको छ ।





