काठमाडौँ, वैशाख २३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषणजस्ता सेवाको स्तरोन्नति गरिने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आज जल तथा मौसम विज्ञान विभागको स्थलगत अनुगमन गर्दैगर्दा यस्तो भनाइ व्यक्त गर्नुभएको हो ।

विभागको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले मन्त्री श्रेष्ठले विभागको वस्तुस्थितिका बारेमा अवलोकन पनि गर्नुभएको थियो । सो क्रममा विभागकी महानिर्देशक डा अर्चना श्रेष्ठले विभागको कामहरूबारे जानकारी गराउनु भएको थियो । उहाँले विभागको पछिल्लो पूर्वानुमान प्रभावकारी भएको र अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।