ललितपुर, वैशाख २२ गते । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि निष्पक्ष र न्यायोचित रूपमा छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको छ । बागमती प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा प्रदेश सुशासन केन्द्र जावलाखेलमा आज बसेको प्रदेश संसदीय दलको बैठकले सम्पत्ति शुद्धीकरणका विषयमा निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग, भौगोलिकताको अवस्थालाई आधार बनाएर छनोट गर्ने  निर्णय भएको प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिनुभयो ।