गण्डकी, वैशाख २२ गते । गण्डकी प्रदेशसभामा नेपाली काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य प्रकाश बरालले पाउनुभएको छ । नेपाली काङ्ग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा, ११ को उपधारा १ बमोजिम उहाँलाई नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

बराल यसअघि सचेतकको जिम्मेवारीमा रहनुभएको थियो । यसअघि प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने रहनुभएकामा उहाँ ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि रिक्त पदमा बराललाई जिम्मेवारी दिइएको हो ।