काठमाडौँ, वैशाख २२ गते । नेपाली काङ्ग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोलि बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने गरी दलको बैठक आह्वान गर्नुभएको हो ।

बैठकमा समसामयिक राजनीति तथा सुकुमवासी बस्तीमा डोजर चलाएकालगायत विषयमा छलफल हुने बताइएको छ ।