काठमाडौँ, वैशाख २१ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । विभागले अवैध सम्पत्ति लुकाएको आशङ्कामा आज सोमबार उहाँको घर तथा कार्यालयमा छापा मारेको हो ।


हेटौंडाको सानोपखेरामा उनको बानियाँ निर्माण सेवा (बीएनएस) को कार्यालय छ। त्यहीँ घर पनि छ । निवास, कार्यालय दुवै ठाउँमा एकै साथ छापा मारेर विभागले कागजपत्रहरु लगेको छ।

हेटौंडाको सानोपोखरामा रहेको उहाँको बानियाँ निर्माण सेवा (बीएनएस) को कार्यालय छ । त्यहीँ घर पनि छ । उहाँको निवास र कार्यालय दुवै ठाउँमा एकै साथ छापा मारेर विभागले कागजपत्रहरु लिएर गएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले अवैध सम्पत्ति लुकाएको आशंकामा हेटौंडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा र घरमा छापा मारेको  हो । बानियाँ विभिन्न व्यवसायीक कम्पनीहरूमा लगानीकर्ता हुनुहुन्छ । काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको छ ।