काठमाडौँ, वैशाख २१ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सबै दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाउनुभएको छ । सभामुख अर्याले आज सोमबार मध्यान्ह १२ बजे सिंहदरवार बस्ने गरी बैठक बोलाउनुभएको हो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरुलाई बोलाइएको छ ।

सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।