काठमाडौँ, वैशाख २१ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७०४ दशमलव ०८ बिन्दुमा कायम भएको छ । यो एक दशमलव २६ प्रतिशतको गिरावट हो । आज ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता शेयर ६८ हजार ६३५ पटक खरिद बिक्री हुँदा रु चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा लघुवित्त समूह सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८६, विकास बैंक दुई दशमलव १४, वित्त शून्य दशमलव ९६, होटल तथा पर्यटन एक दशमलव ३५, जलविद्युत् दुई दशमलव २३ र लगानी एक दशमलव ३६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव ४९, उत्पादन तथा प्रशोधन दुई दशमलव दुई दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव ६२, निर्जीवन बीमा शून्य दशमलव ९३, व्यापार एक दशमलव ३८ र अन्य समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ ।





