काठमाडौँ, वैशाख १८ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच अर्थमन्त्री वाग्लेको कार्यकक्षमा आज शिष्टाचार भेटघाट भएको हो ।
त्यसअवसरमा उहाँहरूबीच नेपाल–अमेरिका आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।





