काठमाडौँ, वैशाख १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गर्नुभएको छ । सरकारको सिफारिस अनुसार राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


सरकारले अहिलेसम्म विभिन्न आठवटा अध्यादेश जारी गर्न राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको छ । यसमध्ये राष्ट्रपति पौडेलले तीन वटा अध्यादेश जारी गर्नुभएको छ भने बाँकी अध्यादेश अध्ययनकै क्रममा रहेको बताइएको छ ।