काठमाडौँ, वैशाख १८ गते । सरकारले पुनःअर्को अध्यादेश ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न राष्ट्रपति पौडेल समक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

संसद्मा झण्डै एकल पार्टीको दुई तिहाई सांसद रहेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको यो अध्यादेश आठौँ हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ अध्यादेश महाराजगञ्जस्थित शीतल निवासमा रहेको राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।

सरकारले सिफारिस गरेको आठ वटा अध्यादेशमध्ये राष्ट्रपति पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी दुई वटा अध्यादेश जारी गरिसक्नुभएको छ भने बाँक छ वटा अध्यादेश अध्ययनको क्रममा रहेको बताइएको छ ।

सरकारले जारी गर्न पठाएको अध्यादेशबारे राष्ट्रपति पौडेलले दुई दिनअघि मात्रै केही कानुन व्यवसायीहरुसँग परामर्श गर्नुभएको थियो ।