काठमाडौँ, वैशाख ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहतासँग एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक आर्नो काउचोइसले आज शिष्टाचार भेट गर्नुभएको छ । खानेपानी मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
भेटवार्तामास्वास्थ्य तथा खानेपानीका क्षेत्रमा हाल भइरहेका क्रियाकलाप र आगामी कार्यक्रमको बारेमा छलफल भएको उहाँले बताउनुभयो ।
साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका सवल पक्ष एवं भविष्यका सम्भावनाबारे छलफल भएको उहाँले जानकारी दिनुभयो ।







